s

नेपाल–जापान सम्बन्ध

Year of Publication: 11 January 2019 | Gorkhapatra

Publication Type: NEWS

Published by: CESLAM

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा जापानी विदेशमन्त्री तारो कोनोको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको छ । नयाँदिल्लीबाट बुधबार काठमाडौँ ओर्लनुभएका कोनो र परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको दुवै देशका टोलीबीच दुईपक्षीय वार्ता भयो । दुवै देशबीच हवाईसेवा सम्झौता पुनरावलोकन गर्ने र नेपाली कामदार जापान पठाउनेसम्बन्धी सहमति भए । यसै अवसरमा सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रको बैठक पनि सम्पन्न भएको छ । विभिन्न भेट र छलफलमा कोनोले नेपालको पूर्वाधार विकास, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने वचन दिनुभएको छ । 
 
नेपाल–जापानबीच यस पटकको विदेशमन्त्रीस्तरीय वार्ता उपलब्धिपूर्ण रहेको छ । यो भेटमा सन् १९९३ मा दुई देशबीच भएको हवाई सेवासम्बन्धी समझदारीलाई संशोधन गर्ने सहमति भएको छ । यसले दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गर्न, जापानी पर्यटक नेपाल आकर्षित गर्न र भ्रमण वर्ष २०२० सफल बनाउन निकै महìवपूर्ण छ । अहिले सीधा हवाई सम्पर्क नरहेको अवस्थामा यो सम्झौतासँगै अब नेपालले जापानका लागि सातामा १४ वटा सीधा उडान गर्नसक्छ । यो भेटको अर्काे महìवपूर्ण उपलब्धि जापानमा नेपाली कामदार पठाउने विषयमा शीघ्र समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति हो । जापानले भर्खरै नेपाललाई पनि कामदार स्रोत देशका रूपमा समावेश गरेको छ । नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययनको लागि आउँदो हप्ता नै जापानका प्रतिनिधि नेपाल आउने र चैतदेखि नेपाली कामदार जान पाउने गरी प्रक्रिया अघि बढाउने तयारी भएको छ । मुख्य रूपमा नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्यप्रशोधन आदि क्षेत्रमा विदेशी कामदारलाई रोजगारी दिने जापानको नीति छ । आगामी पाँच वर्षमा झण्डै साढे तीन लाख विदेशी कामदार लिने रणनीति बनाएको जापानले त्यसमा नेपाललाई पनि समावेश गर्नु नेपालका लागि महìवपूर्ण छ । यसबाहेक दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । 
 
नेपाल जापानबीच सम्पन्न यो विदेशमन्त्री स्तरीय भेटवार्ता र सहमति निकै महìवपूर्ण छ । सन् १९५६ मा दौत्यसम्बन्ध स्थापना भएयता जापानले नेपालको आर्थिक सामाजिक विकासमा उल्लेख्य सहयोग गर्दै आएको छ । वैदेशिक सहायता र लगानीको मुख्य स्रोत राष्ट्र जापानका विदेशमन्त्रीको नेपाल भ्रमणले आगामी दिनमा सहयोग र सहकार्य अझ बढाउन सहयोग पु¥याउनेछ । डेढ महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीको जापान भ्रमण र कोनोको यो भ्रमणलाई दुवै देशबीच उच्चस्तरीय भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाउन सेप्टेम्बर २०१६ मा जापानका वरिष्ठ उपविदेशमन्त्री नेपाल आउनुभएको थियो । अहिले भएको भ्रमण जापानको विदेशमन्त्रीको छ वर्षपछि भएको भ्रमण हो । यसलाई जापानी सरकारले आर्थिक, राजनीतिक सम्बन्ध विस्तारका लागि भ्रमण भएको जनाएको छ । दुवै देशको उच्चस्तरीय भ्रमणले सहयोग र सहकार्यका लागि नयाँ ढोका खोल्ने छन् । 
 
नेपालको आर्थिक सामाजिक विकासमा जापान प्रमुख साझेदारका रूपमा रहँदै आएको छ । जापानी पुँजी, प्रविधिलाई नेपालको समृद्धि हासिल गर्ने लक्ष्यमा सहयोगी हुनसक्छ । पूर्वाधार, उद्योग र कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादनलगायतका क्षेत्रमा जापानी पुँजी, सीप र ज्ञान नेपालका लागि आवश्यक छ । सीधा हवाई सम्बन्धले नेपालको आर्थिक विकासमा सहयोग गर्छ । यसको भरपुर उपयोगतर्फ ध्यान जानुपर्छ । नेपाललाई कामदार स्रोत राष्ट्रको मान्यता दिनु खुशीको कुरा हो । तर सीपमूलक जनशक्ति उत्पादनमा ध्यान दिननसक्ने हो भने यो अवसर सदुपयोग हुनसक्दैन । पछिल्लो समय नेपालको रणनीतिक महìवमा पनि चर्चा बढेको छ । इन्डो प्यासिफिक क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वमा नेपालले महìवपूर्ण भूमिका निर्वाह गर्नसक्ने विचार आउने गरेका छन् । यसमा भारत, जापान र अमेरिका एउटै धारणा राख्छन् । यसलाई नेपालले बुद्धिमत्तापूर्ण ढङ्गले व्यवहार गर्न आवश्यक छ ।
 
Published On: 11 January 2019 | Gorkhapatra

Back to list

;