s
Year of Publication: 5 May 2021 | Kantipur
Published by: CESLAM
कान्तिपुर संवाददाता
काठमाडौँ — दुबईमा कार्यरत नेपालीले अब फाराम बुझाउन आबुधावीस्थित नेपाली दूतावास जानु नपर्ने भएको छ ।
तस्बिर : यूएईको उम अल क्वेनमा आयोजित घुम्ती शिविरमा राहदानी नवीकरणका लागि फाराम बुझाउन आइपुगेका नेपाली श्रमिक ।
यूएईको राजधानी आबुधावीस्थित दूतावासमा जान पीसीआर रिपोर्ट चाहिने भएकोले नेपाल एशोसिएनले दूतावाससँग समन्वय गरी राहदानी नवीकरणको फाराम संकलन गर्न थालिएको हो । दुवईबाट आबुधावीको दुरी झन्डै एकसय ४० किलोमिटर छ ।
नेपाल एशोसियनले दुबईको देरास्थित कार्यालयबाट फाराम संकलन गर्न थालिएको हो । दूतावाससँग सम्बन्धित कार्यका लागि यूएई सरकारले एशोसएनलाई अनुमति दिएको अध्यक्ष रमेश श्रेष्ठले बताए ।
‘यो काम गर्नको लागि नेपाली श्रमिकसँग सेवा शुल्क लिइने छैन । यो नि:शुल्क सेवा हो’, उनले भने,‘एशोसिएनले नेपाली दूतावासलाई बुझाउनु पर्ने २ सय दिराम र कुरियरबापत २० दिराम गरी २ सय २० दिराम लिने गर्छौं । कुरियरबापत पैसा तिरेपछि श्रमिक बस्ने आवाससम्म राहदानी पठाइदिने गरेको छौं ।’
२०१० मा हस्तलिखित राहदानीलाई बदलेर एमआरपी राहदानी लिएका थिए । उनीहरुको नवीकरण गर्नुपर्ने संख्या दैनिक बढिरहेको छ । एशोसिएसनले दुव बाहेक यूएईका राज्यहरु अजमान, अल ऐन, फुजेरा, रसअल खेमा, सारजाहा र उम अल क्वेनमा फाराम संकलनको लाघि घुम्ती शिविर नै आयोजना गरेको थियो । ती स्थानबाट ६३४ जनाको राहदानी फाराम संकलन गरेको अध्यक्ष श्रेष्ठले बताए ।
Published on: 5 May 2021 | Kantipur
GET IN TOUCH