s

नक्कली शरणार्थी बनाएर अमेरिका लैजानेको प्रलोभनमा नपर्न प्रशासनको अपील

Year of Publication: 30 September 2022 | Annapurna post

Published by: CESLAM

काठमाडौं : नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अष्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुठा आश्वासन दिने गरेको पाइएको छ। विभिन्न मुलुक पठाउने बाहनामा गैरशरणार्थीबाट मोटो रकम असुल्ने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले हालैका दिनहरूमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर विभिन्न मुलुकमा पठाउने झुठा आश्वासन दिई विभिन्न गैर शरणार्थीबाट मोटो रकम असुल्ने गरेको विषयमा ध्यानाकर्षण जनाएको छ।

गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई तेस्रो मुलुक पठाउने भ्रम सिर्जना गरी अफवाह फैलाउने, प्रलोभन दिनेजस्ता कार्य कानुनतः दण्डनीय भएकाले त्यस्तो कार्य गरेको पाइएमा सम्बन्धित शिविरका शिविर निरीक्षक वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन जिल्ला प्रशासन झापाले अनुरोध गरेको छ।

सन् २०२२ मा शरणार्थी परिचयपत्रको म्याद समाप्त भएका र सन् २०२२ मा १६ वर्ष उमेर पूरा भएका भुटानी शरणार्थी शिविर पथरी तथा बेलडाँगी र आउट अफ क्याम्प (क्याम्प बाहिर) रहेका भुटानी शरणार्थी र शरणार्थीका सन्ततीहरूलाई परिचयपत्र नवीकरण तथा नयाँ जारी गर्ने कार्य सम्बन्धित शिविरहरूबाट भइरहेको स्पष्ट पारेको छ।

Published on: 30 September 2022 | Annapurna post

Link

Back to list

;