s

म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने व्यक्ति पक्राउ

Year of Publication: 11 December 2023 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ बाँसवारीका ३६ वर्षीय बुद्ध लामा रहेका छन्।

चिनियाँ भाषा अनुवाद रोजगारीको प्रलोभन देखाएर म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाएका थिए। सामाजिक सञ्जालबाट अमेरिकी,युरोपियन नागरिकलाई ट्रयापमा पारेर बिट क्वाईनमा लगानी गर्न बाध्य बनाउनका लागि एक साताको तालिम समेत दिएको पाइएको छ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्‍याउन नसकेमा कुटपिट गर्ने, करेन्ट लगाउने लगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन्। पीडितले १० महिनापछि नेपाल फर्कनका लागि कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य भएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

Published on: 11 December 2023 | Annapurna Post

Link

Back to list

;