s

मिर्गौला फेल भएर कतारबाट फर्केका हरिजनलाई आर्थिक र खाद्यान्न सहयोग

Year of Publication: 27 February 2018 | Ujyaaloonline

Publication Type: NEWS

Published by: CESLAM

रामु भुषाल

वैदेशिक रोजगारीका क्रममा पीडित भएका मुन्नाप्रसाद हरिजनलाई आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरिएको छ । पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुरका हरिजनलाई आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीको पहलमा आर्थिक तथा खाद्यान्न सहयोग गरिएको हो । 

मञ्चको पहलमा इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित सामी परियोजनाको समन्वयमा एक क्विन्टल चामल, १० किलो आलु, पाँच किलो पिठो, पाँच किलो दाल, पाँच लिटर तेल, चिउरा, नुन, साबुनका साथै नगद सात हजार ७२५ रुपैयाँ सहयोग गरिएको हाे । 
 
हरिजन २ वर्ष अघि रोजगारीका लागि कतार जानुभएको थियो । त्यहाँ पुगेको १५ महिनापछि मिर्गौलामा समस्या देखिएकाले उहाँ नेपाल फर्कनुभयो । हरिजनले हप्ताको दुई पटक भैरहवा मेडिकल कलेजमा डाइग्नोसिस् गरिरहनुभएको छ ।
 
सामी परियोजनाका सूचना अधिकृत  ज्ञानश्वेर भण्डारीले हरिजनले पाउनु पर्ने क्षतिपूर्तिका लागि पहल गरिरहेको बताउनु भयो । हरिजनका श्रीमती, २ छोरी रहेका छन् । उहाँले जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको छ । 
 
Published on: 27 February 2018 | Ujyaaloonline

Back to list

;