s

म्यानपावर कम्पनीलाई सात दिन म्याद

Year of Publication: 23 October 2019 | Kantipur

Published by: CESLAM

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूलाई सात दिनभित्र संस्थाको सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ । विभागले नयाँ प्रावधानअनुसार नगद धरौटी तथा बैंक ग्यारेन्टी राखेका र गाभिएका कम्पनीसँग सञ्चालक र कर्मचारीको ठेगानासहितको विवरण मागेको हो ।

‘संशोधित वैदेशिक रोजगार ऐनअनुसार म्यानपावर संस्थालाई इजाजत दिइएको छ । उनीहरूबाट हुने कारबाहीलाई पारदर्शी र चुस्त राख्न विवरण मागेका हौं,’ विभागका प्रवक्ता भोलानाथ गुरागाईंले भने, ‘यसले म्यानपावर व्यवसायमा को–को संलग्न छन् भन्ने खुल्छ ।’ इजाजत प्राप्त संस्थाले मात्रै कामदार पठाउन पाउने उनले बताए ।

Published on: 23 October 2019 | Kantipur

Link

Back to list

;