s

मानव बेचबिखन गरेको आरोपमा एक पक्राउ

Year of Publication: 1 March 2023 | Setopati

Published by: CESLAM

मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मोरङ कानेपोखरी गाउँपालिका-३ हरकपुरका ४४ वर्षीय गणेशबहादुर लावतीलाई पक्राउ गरेको हो। ब्युरो प्रवक्ता एसपी कृष्ण पंगेनीका अनुसार उनलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरेको हो।

लावतीले केही व्यक्तिहरूलाई वैदेशिक रोजगारको लागि फ्रि भिसा, फ्रि टिकटमा दुबइमा क्लिनरको काममा पठाइदिने भनेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई भनेर ओमानको मस्कोट पुर्‍याएका थिए। त्यहाँ ती पीडित व्यक्तिलाई घरायसी काममा लगाएर ३ हजार ओमानी रियलमा बिक्री गरेको एसपी पंगेनीले बताए।

उक्त घरमा बन्धक बनाएर शारिरिक तथा मानसिक यातना दिएको भन्दै पीडितले नेपालमा रहेका आफन्तलाई खबर गरेका थिए। आफन्तले पीडितको उद्धार गर्न भनेर आरोपित व्यक्तिले भनेअनुसार विभिन्न खातामा साढे २ लाख जम्मा गराएका थिए।

त्यसरी पैसा जम्मा गरेपछि पीडित माघ २४ गते नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि ब्युरोमा आफू मानव बेचबिखनमा परेको भन्दै जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई गत बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Published on: 1 March 2023 | Setopati

Link

Back to list

;