s

माल्टा पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ

Year of Publication: 22 December 2023 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। खोटाङको खोटेहाङ गाउँपालिका-७ घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका ५५ वर्षीय वीरेन्द्र उदास रहेका छन्।

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने र प्रतिव्यक्ति २८ लाख रुपैयाँ लाग्ने भनेर सबिता गुरुङबाट ९ लाख रुपैयाँ रकम लिएका थिए। माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनेर आश्वासन दिलाएका उदासले ९ लाख रुपैयाँ पाएपछि सम्पर्कविहीन भएका थिए।

रकम लिएर सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Published on: 22 December 2023 | Annapurna Post

Link

Back to list

;