s

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

Year of Publication: 14 March 2019 । Nayapatrika

Publication Type: NEWS

Published by: CESLAM

मलेसियास्थित नेपाली राजदूतावासको सहयोगमा त्यहाँका विभिन्न क्षेत्रमा अलपत्र २३ जना नेपाली स्वदेश फिर्ता भएका छन् । हवाई टिकट खर्चको अभावमा मलेसियाको सिमोनिया, बुकिट जलिलर सेपाङमा रहेका‘डेस्टिनेसन सेन्टर’ (गन्तव्य केन्द्र) मा अलपत्र नेपाली कामदारलाई उद्धार गरी दूतावासले नेपाल फिर्ता पठाएको हो । फागुन महिनामा दूतावासले मलेसियाका विभिन्न डेस्टिनेसन सेन्टरको निरीक्षण भ्रमण गरेको थियो ।
को–को फर्किए ?

रामचन्द्र अहिर (बर्दिया), दलबहादुर गुरुङ,(नुवाकोट), सन्तोषकुमार राजवंशी (झापा), जगतबहादुर खाँड (स्याङ्जा), सुजमणि महतो (चितवन), इन्द्रप्रसाद नेउपाने (झापा), उमेश मगर (ओखलढुंगा), राजु थापा (झापा), मणिराज श्रेष्ठ (सिन्धुली), साजन राई (सुनसरी), पीताम्बर कुमार कार्की (सप्तरी), चन्दनमुखिया (सिराहा), राजकुमार नेपाली (स्याङ्जा), तेजबहादुर थामी (दोलखा), रामबहादुर तामाङ (नुवाकोट), मोहन खड्का (झापा), दिनेशबहादुर घिसिङ तामाङ (सुनसरी), सिकेन्द्रकुर्मी (सर्लाही), सुवास ढकाल (तेह्रथुम),चन्द्रप्रसाद जैसी (रुकुम), बाबुराम नेपाली (गुल्मी), रुजन तामाङ (नुवाकोट), विजय महतो नुनिया (रौतहट) रहेका छन् ।

Published on: 14 March 2019 । Nayapatrika

Back to list

;