s

मलेसियाले रेस्टुराँमा विदेशी नलिने

Year of Publication: 16 January 2014 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

रामचन्द्र गिरी        
       
मलेसियाले सेवाक्षेत्रअन्तरगत पर्ने फास्टफुड रेस्टुराँहरूमा अब विदेशी कामदार नलिने भएको छ । विदेशी कामदार घटाउन स्थानीय कामदारलाई यसक्षेत्रमा प्राथमिकता दिने भन्दै मन्त्रिपरिषद्को आप्रवासी कामदार एवं गैरकानुनी आप्रवासी कामदार व्यवस्थापन सम्बन्धी विशेष समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
 
सरकारको यो निर्णय पूर्ण रूपमा लागू भएमा नेपाली पाउँदै आएको रोजगारी अवसर खुम्चिने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरका फास्टफुड रेस्टुराँ केएफसी लगायत रेस्टुराँमा पनि नेपालीको माग हँुदै आएको थियो । यस क्षेत्रमा पनि नेपाली कार्यरत छन् । मलेसियाले विदेशी कामदार घटाउने योजनास्वरूप फास्टफुड आउटलेट क्षेत्रमा आफ्ना नागरिक कामदारले निकै रुची देखाएको उनीहरूलाई नै प्राथमिकतामा राख्दै रोजगारी दिने निर्णय गरेको हो । यहाँस्थित दूतावासका श्रम सहचारी अमलकिरण ढकालले यसबारे सञ्चारमाध्यमबाट थाहा पाएको तर विस्तृत बुझ्न बाँकी रहेको प्रतिक्रिया दिए । ढकालका अनुसार मलेसियाली सरकारले गरेको सो निर्णयले फास्टफुड
 
क्षेत्रमा खासगरी  'प|mन्टलाइन' -वेटर, क्यासियर जस्ता काम) बाहेकमा आउने नेपालीको मागमा प्रभाव पर्दैन ।
 
रेस्टुराँमा  बढीजसो नेपाली कुक, किचेन हेल्पर, क्लिनरजस्ता काममा छन् । तर सरकारले यस क्षेत्रमा विदेशी नलिने बताइए पनि प|mन्टलाइनमा मात्र हो या क्लिनिङ/किचेनमा पनि भनिएको हो भन्नेबारे विस्तृतमा केही उल्लेख गरिएको छैन ।
 
'प|mन्टलाइनमा हाम्रा नेपाली खासै धेरै कार्यरत छैनन् तर रेस्टुराँभित्रै क्लिनिङ, किचेन हेल्पर, कुकजस्ता काममा धेरै छन् ।' श्रम सहचारी ढकालले भने, 'तर यसबारे विस्तृत केही बताइएको छैन ।'
 
'फास्टफुड क्षेत्रका सञ्चालकहरूलाई आफ्ना रेस्टुराँहरूमा विदेशी कामदारलाई भर्ती गर्न/राख्न अनुमति छैन किनकि धेरै स्थानीय कामदार यस क्षेत्रमा काम गर्न रुचाउँछन् ।' उपप्रधानमन्त्री तानश्री मुहिद्दिन यासिनले एक स्थानीय पत्रिका न्यू स्ट्र्ट्स टाइम्ससित भनेका छन्, 'यस क्षेत्रमा स्थानीय नागरिक कामदारलाई प्राथमिकता दिनुपर्छ ।'
 
मलेसियामा आउने नेपालीका लागि उत्पादनपछि सेवा क्षेत्र आकर्षक मानिन्छ । यसमा पनि सुरक्षागार्डपछि फास्टफुड रेस्टुराँहरू नेपालीका रोजगारीका लागि रोजाइमा पर्दै आएका छन् । भित्री काम र कमाइ पनि धेरै हुने र सुविधा पनि राम्रो हुने भएकाले नेपालीको रोजाइमा यो क्षेत्र पर्दै आएको छ ।  
 
संख्यात्मक रूपमा स्थानीय नागरिक फास्टफुड रेस्टुराँमा काम गर्न बढी इच्छुक देखिने गरेकाले र युवापुस्ता यस क्षेत्रमा काम गर्न सक्ने भएकाले पनि मलेसियाले आफ्ना नागरिकलाई स्वरोजगार दिन यस्तो निर्णय ल्याएको बताइन्छ । फास्टफुड क्षेत्रमा पहिलेदेखि नै कम संख्यामा विदेशी कार्यरत रहेकाले यसले नेपाली श्रम बजारलाई ठूलो असर भने नगर्ने एक म्यानपावर व्यवसायीले बताए । 'फास्टफुड रेस्टुराँमा खासगरी क्यासियरजस्ता काममा धेरैजसो स्थानीयले नै काम गर्दै आएका छन् । उनीहरूको तुलनामा विदेशी तिनमा पनि हाम्रा नेपाली कामदार कम नै छन् ।' ती व्यवसायीले भने, 'तर केके काममा अनुमति नदिने हो भन्ने स्पष्ट छैन ।' मलेसियाका होटल तथा रेस्टुराँहरूमा कार्यरत नेपालीको ठोस तथ्यांक नभए पनि उल्लेख्य संख्यामा ती क्षेत्रमा नेपाली कार्यरत छन् ।
 
मलेसियाली सरकारले गत २०११ डिसेम्बर २७ मा फास्टफुडसहित पत्रपत्रिका पसल, क्लिनर क्षेत्रमा विदेशी कामदारलाई रोजगारी दिने अनुमति दिएको थियो । रोजगारीका उत्पादन, निर्माण, कृषिजस्ता क्षेत्रमा भन्दा सेवा क्षेत्रमा काम सजिलो हुने भएकाले स्थानीय कामदार सेवा क्षेत्रमा काम गर्न चाहन्छन् । कम जोखिपूर्ण र सजिलो मानिने निर्माण र कृषिजस्ता क्षेत्रमा अधिकांश विदेशी कामदार कार्यरत छन् । स्थानीयहरू त्यस्ता जोखिम र अप्ठ्यारो क्षेत्रमा काम गर्न खासै इच्छुक हुँदैनन् ।  
 
मलेसियाले करिब २३ लाख विदेशी कामदारलाई घटाउँदै लैजाने तथा व्यवस्थापन गर्ने नीतिअनुरूप यसअघि गत २०११ मा आममाफी एवं वैधता कार्यक्रमसमेत ल्याएको थियो । सो कार्यक्रमको सदुपयोग गर्दै ५ लाखभन्दा बढी विदेशी गैरकानुनी कामदार स्वदेश फिरेका थिए । नेपाली दूतावासका अनुसार सो कार्यक्रम मार्फत दर्ता भएका करिब ३३ हजार गैरकानुनी हैसियतका नेपालीमध्ये करिब १० हजार नेपाली स्वदेश फिरेका थिए भने अन्य हजारौं नेपाली यहाँ वैध भई काम गरिरहेका छन् । नेपाल सरकारको पछिल्लो एक तथ्यांकअनुसार गत एक वर्षयता करिब १ डेढ लाख नेपाली रोजगारीका लागि मलेसिया आएका छन् । ५ लाख नेपाली कानुनी रूपमा यहाँ कार्यरत रहँदै आएको अनुमान गरिन्छ ।
Published on: 16 January 2014 | Kantipur

Back to list

;