s

मलेसियाका अवैध श्रमिक घर फर्काइँदै

Year of Publication: 14 October 2015 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

अर्जुन काफ्ले
 
निजी संस्थासँगको सम्झाता रद्द
 
वैधानिक रूपले मलेसियामा रहेका नेपाली श्रमिकलाई घर फर्काउन एक निजी सस्थासँग गरिएको साझेदारीलाई यहाँस्थित नेपाली दूतावासले रद्द गरेको छ। 
 
मलेसियाको अध्यागमन विभागका पूर्व कर्मचारीहरूको संगठन कोपरासी इमिगे्रसन बरहार्डसँगको सहकार्य बन्द गरिएको राजदूतावासद्वारा सोमबार प्रकाशित सूचनामा जनाइको छ।
 
अवैधानिक कामदारलाई स्वदेश फर्काउन पूर्व सहमति बमोजिम १२ सय ८० रिंगेट लिँदै आएको कोपरासीले हवाई भाडा वृद्धि भएको भन्दै लुई सय रिंगेट थपेर १४ सय ८० बनाएपछि राजदूतावासले सहकार्य बन्द गरेको हो। 
 
अवैधानिक नेपाली श्रमिकले घर फर्किन चाहेमा मलेसियास्थित नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिने र मलेसियाको अध्यागमनबाट 'चेक आउट मेमो' लिएर नेपाल फर्किन सक्ने व्यवस्था गरिएको छ।
 
यसअघि एकतर्फी हवाई टिकट, अध्यागमनको जरिवाना, बिमा, परिवहन खर्च लगायत गरेर १२ सय ८० रिंगेट शुल्क तय गरिएको थियो।राजदूतावासले उपलब्ध गराउने यात्रा अनुमतिपत्रका लागि एक सय ६० रिंगेट र कोपरासीले लिन थालेको १४ सय ८० रिंगेट गरेर घर फर्किने अवैधानिक नेपाली श्रमिकले १६ सय ४० तिर्नु परेको थियो।
 
नेपाली कामदारको हितलाई दृष्टिगत गरी कोपरासीले बढाएको शुल्कमा सहमत हुन नसकिएको जारी सूचनामा जनाइएको छ। घर फर्कनका लागि सयौंको संख्यामा नेपालीहरू दूतावास आउने गरेका छन्। स्रोतका अनुसार दसैं नजिकिँदै गर्दा घर फर्कनका लागि दूतावास आउनेको संख्या झण्डै दोब्बरले भएको हो।
 
अवैधानिक नेपाली श्रमिकले घर फर्किन चाहेमा मलेसियास्थित नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिने र मलेसियाको अध्यागमनबाट ‘चेक आउट मेमो’ लिएर नेपाल फर्किन सक्ने व्यवस्था गरिएको छ।
 
यात्रा अनुमतिपत्र बाहेक 'चेक आउट मेमो'का लागि चाहिने चार सय रिंगेट र टिकट दर श्रमिक आफैले बेहोर्नु पर्ने छ।
  
Published on: 14 October 2015 | Annapurna Post
 

Back to list

;