s

मलेसिया श्रम समझदारी कार्यान्वयनले कामदारलाई राहत : म्यानपावर व्यवसायी

Year of Publication: 17 September 2019 | Kantipur

Published by: CESLAM

नेपाल वैदेशिक रोजगारी व्यवसायी संघले मलेसिया जाने कामदारलाई ठूलो आर्थिक राहत मिलेको बताएको छ । ‘श्रम समझदारी हुनुपुर्व नेपाली श्रमिकले विभिन्न संस्था/प्रणालीको नाममा ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्था थियो,’ संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमी गर्दा मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिल्नुको साथै संघले लामो समयदेखि उठाउदै आइरहेको विषयलाई सम्बोधन भएको छ ।’

२०७५ जेठ २ देखि बन्द मलेसियाको रोजगारी आइतबारदेखि सुचारु भएको हो । श्रम समझदारी अनुसार कामदारले कुनै शिर्षकमा म्यानपावरलाई शुल्क बुझाउनुपर्दैन । श्रम मन्त्रालयले यसलाई कडाईको साथ लागू गर्ने बताएको छ ।

Published on: 17 September 2019 | Kantipur

Back to list

;