s

मलेसिया रोजगारी खुलेसँगै आकाशियो हवाइ भाडा

Year of Publication: 25 September 2019 | Setopati

Published by: CESLAM

गएको सातादेखि कामका लागि मलेसिया जान नेपालीहरुलाई खुला भएपछि त्यसको पहिलो असर हवाइ भाडामा परेको छ। करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सले उडान कटौती गरेका थिए।उडान कटौती भएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा आकाशिएको छ।

रोजगारी बन्दा हुँदा एयर एसियाले काठमाडौं उडान बन्द गरेको थियो भने मालिन्दो र मलेसियन एयरले उडान कटौती गरेका थिए। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी भएपछि भाडा आकाशिएको छ।

अहिले मलेसिया जान एकतर्फी ३५ हजारसम्म भाडा पुगेको छ।एक महिनाअघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ पुगेको हो।रोजगारी नियमित भएमा नयाँ एयरलाइन्स थपिने वा भएकैले उडान थप गरे भाडा घट्न सक्ने अनुमान गरिएको छ।

Published: 25 September 2019 | Setopati

Back to list

;