s

मलेसिया रोजगार खुल्न अझै २ महिना

Year of Publication: 10 January 2019 । Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

मलेसिया रोजगारमा जान अझै दुई महिना पर्खिनुपर्ने भएको छ। मलेसियाले स्पष्ट कानुन बनाएर विदेशी कामदार लिने योजना अघि सारेसँगै प्रमुख गन्तव्य मुलुक मानिएको मलेसिया रोजगार अझै अनिश्चित भएको हो। नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको थियो तर मलेसियाले तत्काल कामदार लिन नचाहेकाले मलेसिया रोजागार अनिश्चित बनेको थियो।
 
मानव संसाधन राज्यमन्त्री महफुज ओमारले तत्काल नेपालबाट कामदार लिने पक्षमा मलेसिया नरहेको बताएका छन्। द सन डेलीका अनुसार मलेसियाले विदेशी कामदारका विषयमा अध्ययन गर्न बनेको कार्यदलले सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाइसके पनि पूर्ण प्रतिवेदन बुझाउन अझै दुई महिना लाग्ने बताए। सरकारले उक्त प्रतिवेदन अध्ययन गरेर मात्र विदेशी कामदार नीति अघि सार्ने योजना बनाएको ओमारले बताए। कार्यदलको सुझावअनुसार तय गरिने र त्यसपछि धेरैजसो समस्या समाधान हुने ओमारले बताए।
 
Published on: 10 January 2019 । Annapurna Post

Back to list

;