s

मलेसिया जाने कामदारसँग लागत शुल्क लिने लाइफ इन्टरनेशनल म्यानपावरमा विभागको छापा

Year of Publication: 19 December 2019 | Kantipur

Published by: CESLAM

वैदेशिक रोजगार विभागले कामदारसँग रकम असुलिरहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसर्म्पक अधिकृत दानबहादुर सोमैलाई पक्राउ गरेको छ ।

लाइफले मलेसियाको अविवा प्लास्टिक उद्योगमा जाने कामदारसँग रकम उठाइरहेको अवस्थामा विभागले सोमैलाई पक्राउ परेको हो । उनले गुल्मी रेसुंगाका अनिल विक, सन्दीप विक र दीपक बहादुर सुनार र बराह–सुनसरीका सन्तोष विष्टसँग ४ लाख ५० रुपैयाँ लिइरहेको अवस्थामा विभागको टोलीले फेला परेको थियो ।

कामदारले एकलाख भित्रै पठाउन निकै अनुनय विनय गरेका थिए । ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो । १ लाख ३५ हजार भन्दा एक पैसा कम हुन्न’ भन्दै उनले पैसा लिइरहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । मलेसिया जाने कामदारले म्यानपावरलाई लागत शुल्क बुझाउनु पर्दैन ।

उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिइसकेका छन् । ‘श्रम स्वीकृति निकाल्ने म्यानपावर वीन रिक्रुटमेन्ट हो । पैसा उठाउने काम लाइफ इन्टरनेशनलबाट भयो,’ भुसालले भने,‘दुवै म्यानपावर कारबाहीको भागिदार हुनेछन् ।’

Published on: 19 December 2019 | Kantipur

Link

Back to list

;