s

मलेसियाको जेलमा रहेका तीन नेपालीको उद्दार

Year of Publication: 22 July 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ । नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो ।
 
अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार गरिएको हो । उनीहरुका परिवारसँग सम्पर्क गर्दा हवाइ टिकट पठाउन नसक्ने भएपछि समाजले एकतर्फी हवाइ टिकट उपलब्ध गराएको थियो ।
 
आउँदा दिनहरुमा पनि जेलमा रहेकाहरुलाई हवाइ टिकटका साथै अन्य सामाजिक कामहरुमा समेत सहयोग गर्ने समाजका अध्यक्ष वीरेन्द्र नेगीले अनलाइनखबरलाई बताए ।
 
Published on: 22 July 2018 | Onlinekhabar

Back to list

;