s

मकाउ पठाइ दिने भनी १९ लाख ठगेर फरार भएका केसी पक्राउ

Year of Publication: 11 September 2019 | onlinekhabar

Published by: CESLAM

मकाउ पठाइ दिने भनी ठगी गरी दुई महिनादेखि फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भइ काठमाडौं महानगरपालिका-५ बस्ने विनोद बस्नेत(विनोदमणि) भनिने ४२ वर्षीय राजु केसी रहेका छन् । केसीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरेको हो ।

उनले आकर्षक तलवमा मकाउ पठाइदिने भन्दै प्रलोभनमा पारी ६ जनाबाट पटक-पटक गरी १९ लाख १० हजार रुपैयाँ लिएर गत जेठ महिनादेखि फरार भएको अपराध महाशाखाले बताएको छ ।ठगिएका गोरखा पालुङटार नगरपालिका-८ का रामशरण कोइरालासहित ६ जनाले जेठ १४ गते संयुक्त जाहेरी दिएपछि महाशाखाको टोलीले केसीलाई पक्राउ गरी अनुसन्धान थालेको हो । केसीबाट फरकफरक नाममा रहेकान दुईवटा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको महाशाखाले जानकारी दिएको छ ।

Published on: 11 September 2019 |onlinekhabar

Back to list

;