s

महिलालाई वैदेशिक रोजगारीमा झनै पीडा

Year of Publication: 8 January 2024 | Annapurna Post

Published by: CESLAM

प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा वा केयरगिभरका रूपमा त्यहाँ जाने गरेको पाइन्छ। वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा पनि सिन्धुपाल्चोकबाट श्रम स्वीकृत लिनेमा अगाडि छन्। जसमा ५० प्रतिशत महिला नै रहेको देखिन्छ।

दिन प्रतिदिन वैदेशिक रोजगारीका लागि बिदेसिने महिलाको संख्या बढिरहेको छ। तर, वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ। सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन। विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइन्छ। जसका कारण उनीहरूले त्यहाँ समस्या भोग्नु परिरहेको छ।

वैदेशिक श्रममा जाने महिलामा पुरुषको तुलनामा सीप र दक्षता कमी भएको देखिन्छ। जबकि वैदेशिक रोजगारीमा जाने महिला ५९ प्रतिशत अदक्ष छन्। कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीपबिना नै विदेश गएको तथ्य पाइन्छ। जसले गर्दा मनोसामाजिक समस्या पनि समाजमा देखिएको छ।

सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ। जसका कारण महिलाहरू बढी हिंसामा पर्नु पुगेको देखिन्छ। त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रमस्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ। गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुबेत र यूएई देखिन्छ। त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ।

वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित मेनपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने सास्ती वा पीडा न्यून हुन पुग्छ। वैदेशिक रोजगारीका निहुँमा झट्टै हामफाल हाल्नुहुँदैन भन्ने कुरा वैदेशिक रोजगारीमा पुगेका महिला श्रमिकको समस्या र उनीहरूले भोग्नु परेका पीडाबाट बुझ्नुपर्छ।

Published on: 8 January 2024 | Annapurna Post

Link

Back to list

;