s
Year of Publication: 23 February 2023 | Setopati
Published by: CESLAM
माघ महिनामा वैदेशिक रोजगारीका लागि ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।
जसमध्ये सबैभन्दा धेरै मलेसिया जाने छन्। मलेसियाका लागि १६ हजार ६६३ जना युवाहरूले श्रम स्वीकृति लिएका छन्। त्यस्तै मलेसियापछि नेपाली युवाहरूको आकर्षणमा साउदी र युएईमा देखिएको छ।
साउदीका लागि पाँच हजार ७४७ जनाले श्रम स्वीकृति लिएका छन्। युएईका लागि पाँच हजार १८३ जनाले श्रम स्वीकृति लिएका छन्। माघमा क्यानडा, इजरायल, कोलम्बिया, बहराइन, अस्ट्रेलिया लगायत १०० मुलुकका लागि युवाहरूले श्रम स्वीकृति लिएका छन्।
Published on: 23 February 2023 | Setopati
GET IN TOUCH