s

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति

Year of Publication: 22 February 2023 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।

यो संख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार एक सय २४ जना रहेको छ। जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ।

जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार सात सय ८३ जना रहेको छ।

कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन्।

साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

Published on: 22 February 2023 | Annapurna Post

Link

Back to list

;