s

मेसिनमा चेपिएर कोरियामा एक नेपालीको मृत्यु

Year of Publication: 6 November 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो ।

स्थानिय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछिसँगै काम गर्ने साथी गएर हेर्दा राजेशलाई मेसिनमा चेपिएको अवस्थामा भेटिएको थियो ।

उनी कार्यरत कम्पनीमा नेपालबाटसँगै आएका २ जना मात्रै नेपाली कामदार रहेका थिए । सँगैको साथीको पनि केही समय अघि दहिने हातमा चोट लागेपछि कुहिनाभन्दा मुनीको भाग काटिएपछि मेसिन चलाउने काम राजेशले गर्दै आएका थिए ।

दुईवर्ष अघि ईपिएस मार्फत काम गर्न आएका राजेशको पत्नी, २ छोरा र एक छोरी रहेका छन् । 'अघिल्लो दिन साँझ भाइटिका लगाउन साहुलाई शनिबार छुट्टी माग्ने भन्दै कुरा गरेको थियो बिहानै यस्तो खबर सुन्न पर्यो,'भक्कानिदै कोरियामै रहेकी मृतककी दिदी इच्चुइ लिम्बुले भनिन् ।

नेपालीहरुको वैदेशिक रोजगारको आकर्षक गन्तव्य बनेको कोरियामा ईपिएस प्रवाधान अनुसार कामदारले स्वइच्छाले कम्पनी परिवर्तन गर्न नपाउने प्रावधानका कारण धेरै कामदारहरु पीडित हुने गरेका छन् ।

Published on: 6 November 2018 | Kantipur

Back to list

;