s

मकाउको पर्यटक भिसाले डुबायो

Year of Publication: 14 February 2016 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

 
-देवेन्द्र बस्नेत
 
दाङ- देश : चीनको स्वशाशित क्षेत्र मकाउ।
काम : सेक्युरिटी गार्ड।
मासिक तलब : १ लाख ५० हजार रूपैयाँ।
 
एकजना नेपाली एजेन्टले घोराहीका शरद गिरीलाई यही प्रस्ताव राख्यो। कम्तीमा मासिक एक लाख रूपैयाँ बचत हुने आश्वासन पाएका गिरीले त्यही एजेन्टमार्फत मकाउ उड्ने प्रक्रिया थाले। मकाउ जान आवश्यक पर्ने खर्च भन्दै एजेन्टले गिरीबाट पाँच लाख रूपैयाँ लियो। केही समयपछि उनको पासपोर्टमा मकाउको पर्यटक भिसा पनि लाग्यो।
 
पर्यटक भिसामा प्रवेश गर्ने र त्यहाँ पुगेपछि भिसाको म्याद एक वर्ष थपेर काममा लगाइदिने ग्यारेन्टी दिलाएका एजेन्टको आश्वासन गिरी पत्याए। धेरै कमाउने सपना बोकेर पर्यटक भिसामै उनी महिना दिनअघि भारतको कोलकाता हुँदै मकाउ पुगे पनि।
 
महिनामा लाख रूपैयाँभन्दा बढी कमाउने सपना बोकेर मकाउ पुग्दा परिस्थिति अर्कै थियो। १४ दिने पर्यटक भिसामा मकाउ पुगेका गिरी भिसाको म्याद सकिनेबित्तिकै नेपाल फर्किनुपर्योस। 'मकाउ पुगेर दुःख पाउनु लेख्या रै'छ,' नागरिकसँगको कुराकानीमा उनले भने।
 
रुकुमका होमजंग शाह पनि महिनाको लाख रूपैयाँभन्दा बढी कमाउने सपना बोकेर मकाउ पुगेका थिए।
 
सेक्युरिटी गार्ड बनाइदिने एजेन्टको आश्वासनमा त्यहाँ पुगेका शाह पनि १४ दिनपछि रित्तै हात घर फर्किनुपर्योन। कामका लागि मकाउका गल्लीगल्ली चहारेको स्मरण गर्दै उनले भने, 'यहाँबाट काम भनेर फकाइँदो रै'छ, पर्यटक भिसामा गएर काम खोज्न जोसुकैलाई अप्ठेरो पर्दो रहेछ।' गिरी, शाह र दाङका विनित केसी सँगै मकाउ पुगेका थिए। उनीहरू तीनैजना काम नपाएर नेपाल फर्किसकेका छन्।
 
मकाउ पठाएका नेपाली एजेन्टले एयरपोर्टमा त्यहाँका एजेन्ट लिन आउने र उनैले काम लगाइदिने आस देखाएका थिए। एयरपोर्टमा त्यहाँको प्रशासनले कडा निगरानी गर्दो रहेछ। 'तिमीहरू कामका लागि आएको हो? भनेर धेरै बेरसम्म एयरपोर्टमै सोधखोज गर्योो,' शाह भन्छन्, 'हामीहरू पर्यटक हो, मकाउ घुम्न आएका भनेर ढाँटिरह्यौं।' झन्डै डेढ घन्टाको चेकजाँचपछि उनीहरू त्यहाँबाट उम्किएछन्।
 
'एयरपोर्टमै भेटिएका नेपालीसँग फोन मागेर एजेन्टलाई फोन गर्यौं ,' शाहले मकाउ एयरपोर्टमा भोगेको घटना सुनाए, 'फोन गरेको केही बेरपछि एउटी केटी लिन आइन्।'
 
त्यहाँकी महिला एजेन्टले उनीहरूलाई आफ्नो क्वार्टरमा लगेर राखिन्। १४ दिनसम्मको खाना र बस्ने खर्च भन्दै दुई/दुई सय अमेरिकी डलर असुलिन। 'तैपनि काम पाइएला भन्ने लागिरह्यो,' गिरी भन्छन्, 'पुगेको भोलिपल्ट हामीहरूले सोचेभन्दा फरक भयो।'
 
सेक्युरिटी गार्डका लागि पक्कापक्की गरेर नेपालबाट मकाउ पठाएका एजेन्ट झुठा रहेछन् भन्ने थाहा भयो। तथापि, मकाउ पुगिसकेका उनीहरूले अन्य काममा भए पनि लाग्ने निधो गरे। 'डकुमेन्ट बोकेर ठाउँठाउँमा कुद्यौं,' रुकुमका शाह भन्छन्, 'तर कतै काम पाइएन। एजेन्टलाई सम्पर्क गर्दा काम पाइन्छ भन्ने आस भने जहिल्यै देखाइरहे।'
 
मकाउ पुगेको १३ औं दिनसम्म कामको खोजीमा भौंतारिएको उनीहरू बताउँछन्। भिसा म्याद एक दिनमात्रै बाँकी थियो। उनीहरूले निर्णय गरे, 'अब नेपाल फर्किनु पर्छ।' भिसामा तोकिएको म्याद नाघे प्रतिदिन पाँच सय डलर जरिवाना लाग्ने त्यहाँको कानुनी प्रावधानले उनीहरू झनै डराए। 'भिसामा तोकिएको म्याद नाघेर बस्यो भने प्रतिदिन पाँच सय डलरका दरले जरिवाना लाग्दो रहेछ र अर्कोपटक मकाउ जान नपाउने नियम रहेछ,' शाह भन्छन्।
 
मकाउ पुगेको १३औं दिनसम्म पनि कामको सुरसारै नभएपछि उनले एजेन्टलाई नेपाल फर्कने टिकटको व्यवस्था मिलाइदिन भने। उनीहरू १४औं दिनमा नेपाल फर्किएका थिए। रोजगारी नपाएर मकाउबाट फर्किएका उनीहरू अहिले एजेन्टलाई बुझाएको रकम फिर्ताको प्रक्रियामा लागेका छन्। 'अहिलेसम्म पाएका छैनौं,' गिरी भन्छन्, 'बुझाएको पाँच लाख रूपैयाँ हो, दिन्छुमात्रै भनिरहेका छन्।'
 
गिरी र शाह मात्रै होइनन्। रोजगारीका लागि पर्यटक भिसामा मकाउ पुर्यािइएका थुप्रै नेपालीहरूले रोजगारी नपाउँदा मकाउमा दुःख पाइरहेका छन्। मकाउमा अन्य नेपालीको दुःख देखेर फर्केका शाह भन्छन्, 'कतिको त त्यहाँका एजेन्टले पनि पैसा लिएर भागेका रहेछन्, कसरी नेपाल फर्किने हो भनेर समस्या सुनाउने नेपालीहरू पनि भेटायौं।'
 
पर्यटक भिसामार्फत मकाउ पुगेका कतिपय नेपालीको त्यहाँ वर्किङ भिसा लागिसकेको भए पनि उनीहरूलाई काम दिइएको छैन। त्यहाँ ८ महिनासम्म १३ लाख रूपैयाँ खर्च गरिसकेको तर काम भने नपाएका एक नेपालीले आफूसँग घर फर्कने बताएको शाहले बताए। 'वर्किङ भिसा लागिसकेकाहरूले पनि काम नपाएर दुःख पाइरहेका छन्,' शाह भन्छन्।
 
यता नेपालबाट लाखौं रकम असुलेर पर्यटक भिसामा मकाउ पठाउने क्रम रोकिएको छैन। 'म्यानपावरबाट जान पहुँच पुग्दैन,' शाह भन्छन्, 'चोरबाटो अपनाएर एजेन्टको पछि लाग्दा दुःख पाइदो रहेछ।'
 
रोजगारीका लागि भन्दै मकाउ पुगेकाहरूले दुःख पाएको थाहा पाएपछि कतिपयले मकाउको यात्रा रद्द गरिसकेका छन्। पर्यटक भिसामै मकाउ उड्ने तयारीमा रहेका घोराहीका कुलराज पोख्रेल मकाउ जाने योजना रद्द गरेको बताउँछन्।
 
मकाउस्थित गैरआवासीय नेपाली संघले पनि पर्यटक भिसामा रोजगारीको सपना देखेर मकाउ प्रवेश गर्ने धेरै नेपालीले दुःख पाइरहेको बताउँछ। संघका सचिव कर्णबहादुर अधिकारी भन्छन्, 'एजेन्टमार्फत पर्यटक भिसा बोकेर काम खोज्न यहाँका आएका नेपालीले दुःख पाइरहेका छन्।' केही दिनअघि मात्रै ओखलढुंगा, काभ्रेलगायतका ५ नेपाली काम नपाएर नेपाल फर्किएका छन्। उनीहरू ९/९ लाख रूपैयाँ एजेन्टलाई बुझाएर मकाउ पुगेको अधिकारीले बताए।
 
त्यहाँ दुःख पाएकालाई उद्धार गरेर नेपाल फर्काइएको उनले बताए। उनले केही समयअघिमात्रै मकाउमा ठगिएकी नुवाकोटकी चिनीमायाँ मोक्तानलाई रकम सहयोग गरेर नेपाल फर्काएको जानकारी दिए। उनका अनुसार नेपालबाट पर्यटक भिसामा मकाउ पुग्नेहरू अधिकांश त्यहाँका एजेन्टबाट पनि ठगिने गरेका छन्। यसरी ठगिनेको संख्या आधिकारिक रूपमा यकिन नभए पनि त्यहाँ गएका धेरैले दुःख पाएको उनले बताए। 'रोजगारीको सपना बोकेर पर्यटक भिसामा मकाउ आउनेले दुःख पाउँछन्,' उनले भने।
 
गैरआवासीय नेपाली संघका अनुसार झन्डै ६ लाख ५० हजार जनसंख्या रहेको मकाउमा चार हजार हाराहारी नेपाली छन्। त्यहाँ मुख्यतः नेपालीहरूले गर्ने रोजगारी भनेकै सुरक्षा गार्ड हो। यस्तै दोस्रोमा क्यासिनो पर्छ। संघका अनुसार त्यहाँको प्रमुख व्यवसाय क्यासिनो र होटल भएकाले क्यासिनो र होटल सुरक्षाका लागि सञ्चालकले 'गोर्खाली'लाई सुरक्षा गार्ड राख्ने गरेका छन्। 'नेपालस्थित म्यानपावरबाट यहाँ आएका कोही नेपालीलाई पनि ठगिनु परेको छैन,' संघका सचिव अधिकारी भन्छन्, 'ठगिनेहरू जति सबै एजेन्टमार्फत पर्यटक भिसामा आएका छन्।' उनका अनुसार काम गरिरहेका नेपालीहरूलाई पनि राम्रो काम नभएको भनेर मकाउमा दुःख दिने गरिएको छ। अधिकारीले काम राम्रो भएन भनेर रोजगारीबाट निकालेर नेपालीहरूलाई दुःख दिएका घटना मकाउमा भएको बताए।
 
मकाउमा भिजिट भिसामा पुर्यापइएकालाई सुरक्षा गार्डको प्रलोभन देखाएर लाखौंको सपना बाँडिए पनि यसरी पुर्या इएकाहरू काम नपाउँदा बाध्य भएर सप्लायर्स कम्पनी, हाउस किपिङ तथा घरेलु कामदारका रूपमा लाग्ने गरेका छन्। उनीहरूको तलबसमेत कम हुने गरेको अधिकारीले बताए। यस्ता कामदारबाट पनि त्यहाँका एजेन्टले 'एजेन्सी फी' भन्दै दुई महिनाको तलब असुल्ने गरेको अधिकारी सुनाउँछन्। म्यानपावरबाट मात्र रोजगारका लागि मकाउ आउन अधिकारीको आग्रह छ।
 
Published on: 14 February 2016 | Nagarik

Back to list

;