s

लेबनानबाट ६ नेपाली चेलीको उद्दार

Year of Publication: 11 March 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका लागि अवैध रुपमा लेबनान पुगेका ६ नेपाली महिलालाई उद्दार गरिएको छ।
 
इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले उनीहरुलाई उद्दार गरी नेपाल फर्काएको हो। उनीहरु लेबनानबाट दुबई हुँदै एयर अरेबियाको फ्लाइटमार्फत नेपाल फर्किएका हुन्।
 
यसअघि राजदूतावासले लेबनानको अध्यागमन निकाय, लेबनानी समुदाय र एआरएन नेपालको समन्वय र सहयोगमा ११ नेपाली महिलालाई नेपाल फर्काएको जनाएको छ। 
 
Published on: 11 March 2018 | Nagarik

Back to list

;