s

कुवेतमा श्रमिक क्याम्पमा भएको आगलागीमा पाँच नेपाली घाइते

Year of Publication: 13 June 2024 | Onlinekhabar

Published by: CESLAM

३० जेठ, काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् ।

कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् ।

आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ ।

त्यस्तै दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दूतावसाले जनाएको छ । त्यस्तै जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको दूतावासले जारी दिएको छ ।

उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतको श्रमिक क्याम्पमा आगलागी हुँदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।

Published on: 13 June 2024 | Onlinekhabar

Link

Back to list

;