s

कुवेतमा मारिएकी नेपाली महिलाका आफन्त भेटिएनन्

Year of Publication: 23 September 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

नेपाली दूतावासले कुवेतमा हत्या भएकी पेसलमाया राईको परिवार नभेटिँदा शव पठाउन सकेको छैन । सुनसरीकी ४५ वर्षीया राईको गत अगस्ट ३ गते हत्या भएको थियो ।

नेपाली दूतावासका अनुसार राईलाई आफ्नै स्पोन्सर (साहु)को छोराले छुरा प्रहरी हत्या गरेको थियो। हत्यामा संलग्न भएको अभियोगमा कुवेती नागरिकलाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ। ‘कुवेतीवाट हत्या भइसकेको प्रमाणित भइसकेको छ। पीडितको परिवारसँग सम्पर्क नहुदाँ शव पठाउन नसक्नुको साथै क्षतिपुर्ति पाउने लगायतको कानुनी प्रक्रिया अगाडि बढाउन सकिएको छैन,’ दूतावासका द्ितीय सचिव ज्ञानबहादुर मगरले बताए।

उनी २०७० भदौ ४ गते घरेलु कामदारको लागि श्रम स्विकृति लिएर कुवेत गएकी थिइन्।

Published On: 23 September 2018 | Kantipur

Back to list

;