s

कुवेत जान लागेकालाई फर्काएर विभागले दुःख दियोः वैभव ओभरसिज

Year of Publication: 24 June 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका युवतीहरु विमानस्थलबाट फर्काइकोमा वैभव ओभरसिजले आपत्ति जनाएको छ। वैदेशिक रोजगार श्रम डेस्कले अनावश्यक रिसिबी साधेर दुःख दिएको भन्दै सो ओभरसिजले भत्सर्ना गरेको छ। सम्पूर्ण कागजात र प्रक्रिया पुरा हुँदा पनि कर्मचारीले अनावश्यक विवाद गरेर कामदार फिर्ता पठाएको ओभरसिजको भनाइ छ।
 
यसअघि शनिबार श्रम डेस्कले कुवेत जान लागेका ६ युवतीहरुलाई विमानस्थलबाटै फर्काएको थियो। रिसेप्सनिष्ट पदमा श्रम स्वीकृति लिएर क्लिनरमा पठाइएको भन्दै विभागले उनीहरुलाई रोकेको थियो। ओभरसिजकी संचालक सुश्मा लिम्बुले ति सबै जना क्लिनरमै जाने गरी कम्पनीले ज्ञारेन्टी पत्र दिइसकेकाले विभागले अनावश्यक विवाद झिकेको बताएकी छन्। ‘कम्पनीले क्लिनर पदमै ज्ञारेन्टी पत्र दिइसकेको थियो, त्यो सबै डकुमेन्ट देखाउँदा पनि उहाँहरुले विवाद झिक्नुभयो’ उनले भनिन् ‘पहिला पहिला पनि यस्ता त्रुटीहरु हुँदा सहजै जान पाउँथे, तर यिनीहरुलाई रोकियो ।’
 
कुवेत रोयल मेडिकल सर्भिसेज कम्पनीमा क्लिनरको रुपमा जानका लागि ति युवतीहरुले अन्तिम श्रम स्वीकृति लिएका थिए। कम्पनीले डकुमेन्टमा क्लिनर र रिसेप्सनिष्ट एउटै प्रमाणित हुने गरी ज्ञारेन्टी पत्र समेत दिएको थियो।
 
Published on: 24 June 2018 | Setopati

Back to list

;