s

कोरियन भाषा परीक्षा नेपालमै

Year of Publication: 16 November 2015 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कोरियामा पढ्न जाने विद्यार्थीका निम्ति टेस्ट अफ प्रफिसियन्सी इन कोरियन (टोपिक) को परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ।त्रिवि र कोरियन दूतावासबीच भएको सहमति अनुसार स्वदेशमै टोपिकको व्यवस्था भएको हो। यसअघि टोपिकको परीक्षा दिन भारत जानुपथ्र्यो। त्रिविअन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिएको हो।
 
यो परीक्षा विश्वका ७३ मुलुकमा एकसाथ सम्पन्न हुने गर्छन्। यो अंग्रेजी भाषाको ‘टोफल’जस्तै प्राज्ञिक मान्यताका निम्ति लिने गरिन्छ। टोपिक हरेक वर्ष मार्च र नोभेम्बरमा सञ्चालन हुने गर्दछ। टोपिकको पहिलो र दोस्रो गरी दुई तह रहेका छन्। दोस्रो तहको परीक्षामा उत्कृष्ट अर्थात् ६ ग्रेड हासिल गर्ने विद्यार्थीले कोरियास्थित विश्वविद्यालयले छात्रवृत्ति दिने गर्दछ।
 
क्याम्पस प्रमुख वामदेव अधिकारीका अनुसार गत मार्चमा पहिलो पटक र दोस्रो पटक आइतबार परीक्षा भएको हो । त्रिविले लिएको उक्त परीक्षाको उत्तरपुस्तिका संकलन गरी परीक्षणका निम्ति कोरिया पठाउने क्याम्पस प्रमुख अधिकारीले जनाए। नतिजा आउँदो डिसेम्बर ३० मा सार्वजनिक हुनेछ।
  
Published on: 16 November 2015 | Kantipur
 

Back to list

;