s

कोरियन भाषा परीक्षाः नक्कली परीक्षार्थी पक्राउ

Year of Publication: 8 June 2019 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

अर्काको नाममा इपीएस परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षमा विक्रम दाहालको नाममा परीक्षा दिइरहेका विवेश दाहाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रवक्ता केदार ढकालले जानकारी दिए। 

रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि शनिबारबाट सुरु परीक्षा आइबार पनि चल्ने छ। परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिँदै छन्। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए। यो संख्या २००८ पछिकै सबैभन्दा बढी परिक्षार्थीको आवेदन हो। आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ।

Published on: 8 June 2019 | Nagarik

Back to list

;