s

कोरियामा आप्रवासी श्रमिकको पारिश्रमिक वृद्धि

Year of Publication: 5 July 2022 | Gorkhapatra

Published by: CESLAM

काठमाडौँ, असार २१ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियामा कार्यरत नेपाल श्रमिकको पारिश्रमिक ५ प्रतिशतले वृद्धि भएको छ । दक्षिण कोरिया सरकारले सन् २०२३ का लागि आप्रवासी श्रमिकको न्यूनतम परिश्रमिक ४५० वन बढाएर प्रतिघण्टा नौ हजार ६२० वन बनाएको हो । यसअघि कोरियामा रहेका आप्रवासी श्रमिकको प्रतिघण्टा पारिश्रमिक नौ हजार १६० वन रहेको थियो ।

दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक सङ्गठनका अनुसार हालको विनिमय दरमा आप्रवासी श्रमिकको पारिश्रमिक नौ हजार १६० रुपियाँले वृद्धि हुनेछ । आउँदो जनावरीदेखि मासिक २०९ घण्टा काम गर्ने श्रमिकले पारिश्रमिकबापत २० लाख १० हजार ५८० वन अर्थात् हालको विनिमय दरअनुसार एक लाख ९५ हजार रुपियाँ हुने सो सङ्गठनले जनाएको छ ।

Published on: 5 July 2022 | Gorkhapatra

Link

Back to list

;