s

कोरिया जाने र फर्केका युवाहरू लक्षित चार पुस्तक सार्वजनिक

Year of Publication: 24 July 2024 | Setopati

Published by: CESLAM

हामी परियोजनाले नेपाली युवाहरूलाई कोरिया पुगेपछि राम्रोसँग काम गर्न र देश फर्किएपछि पुनःएकीकरणका लागि सहज हुने 'गाइड बुक' सार्वजनिक गरेको छ।

इपिएसमार्फत कोरिया पुगेर फर्केका युवाहरूलाई पुनःएकीकरणका लागि सहजीकरण गर्ने उद्देश्यले नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा सुरू गरिएको के हामी परियोजनाले मंगलबार विभिन्न चार वटा पुस्तक सार्वजनिक गरेको हो।

दक्षिण कोरियाली विदेश मन्त्रालय अन्तर्गतको सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ्ग मुहन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले पुस्तक सार्वजनिक गरेका हुन्।

सुखी प्रवासन जीवनका लागि वित्तीय गाइड बुक, आफ्नो भविष्यको परिकल्पना, वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श र कोरिया रिटर्नीहरूका लागि पुनःएकीकरण सम्बन्धी जानकारीमूलक पुस्तिका सार्वजनिक गरिएको हो।

यी पुस्तक कोरिया जाने तयारीमा रहेका युवा र कोरियाबाट फर्केकालाई निकै महत्त्वपूर्ण हुने देशीय निर्देशक मुहनले बताए।

मन्त्रालयका सहसचिव पाण्डेले पनि कोरियाबाट फर्केका युवाहरूलाई पुनःएकीकरण गर्न सहज हुने तथा वित्तीय साक्षरतामा पनि पुस्तकले सघाउने विश्वास व्यक्त गरे।

कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनःएकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा 'के हामी' परियोजना अघि सारिएको उल्लेख गरिएको छ।

फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनःएकीकरण गर्ने उद्देश्यले ८० लाख अमरिकी डलर (एक अर्बभन्दा बढी नेपाली रूपैयाँ) को कार्यक्रम अघि सारिएको हो।

खुसी प्रवास, खुसी जीवन उद्देश्यले यो कार्यक्रम सुरू गरिएको अधिकारीहरू बताउँछन्। यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म रहनेछ।

Published on: 24 July 2024 | Setopati

Link

Back to list

;