s

खड्गबहादुर पाँच वर्षपछि युएईको जेलबाट छुट्दै

Year of Publication: 6 March 2019 । Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

रकम परराष्ट्र मन्त्रालयमा बुझाइयो

पाँच वर्षदेखि युएईमा जेल जीवन विताइरहेका फेदाप-२ तेह्रथुमका खड्गबहादुर जोगी छुट्ने भएका छन् । अदालतको फैसला अनुसार आवश्यक पर्ने  ब्लडमनीका लागि रकम संकलन भएपछि खड्कालाई रिहाइका लागि प्रक्रिया सुरु भएको छ ।

उनलाई छुटाउनका लागि नेपाललगायत विभिन्न मुलुकमा रहेका नेपालीबाट ६१ लाख ९४ हजार रूपैयाँ संकलन भएको छ । खड्गको रिहाइका लागि २ लाख दिराम (६० लाख रुपैयाँ) आवश्यक पर्छ । खड्गबहादुर जोगी बचाउ अभियान समितिले आवश्यक रकम मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बुझाइसकेको छ ।

युएईका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाल, कार्यबहाक राजदूत सागरप्रसाद फुयाँल, मुल समिति अध्यक्ष दुर्गाप्रसाद गिरी, सचिब खगेन्द्रर जोगी, कोषाध्यक्ष कुमार गिरी, प्रदेशसभा सदस्य भवानी खापुङलगायतको उपस्थितिमा रकम मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरिया, डेनमार्क, अमेरिका, कतार, मलेसियालगायतका ठाँउमा रहेका प्रवासी नेपाली र सम्बन्धित जिल्ला समाजको सहकार्यमा रकम जुटेको अभियान संयोजक देव बाँस्कोटाले जानकारी दिए । यो पनि पढ्नुहोस्–युएईको जेलमा रहेका खड्गबहादुरलाई नेपाल फर्काउन विश्वभरका नेपाली जुटे । अब पराराष्ट्र मन्त्रालयमार्फत दूतावासमा रकम आएपछि कानुनी र कुटनीतिक प्रक्रिया पूरा भएपछि खड्गबहादुर रिहाइ हुने दूतावासले जनाएको छ ।

सन् २०१४ मे देखि अबुधाबीको अल वात्वा जेलमा कैद भुक्तान गरिरहेका जोगी २०१९ को मार्च २७ सम्म जेल बस्नुपर्ने अदालतको फैसला छ । खड्गमाथि सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या गरेको अभियोग छ । परिवारले खड्गबहादुरको उद्दारमा अपील गरेपछि तेह्रथुम घरभइ हाल इजरायलमा रहेका देव बाँस्कोटाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध गरी जोगी बचाउ अभियान सुरु भएको थियो ।

गत असोजबाट सुरु भएको अभियानले ६२ लाख रुपैयाँ भन्दाबढी रकम देश विदेशबाट जम्मा गरेको हो । बाँकी रकम अरुलाई सहयोग गर्नेखड्गको उद्दारमा आवश्यक पर्ने रकम बुझाएपछि बाँकी रकमबाट व्यवस्थापन खर्च कटाइ बचत हुने रकम विभिन्न समस्या परेका नेपालीको उद्दारमा खर्च गरिने संयोजक बाँस्कोटाले अनलाइनखबरलाई बताए ।

सम्पूर्ण खर्चको हिसाब जोगीको रिहाइपछि सार्वजनिक गरिने उनको भनाइ । जोगी छुट्ने खबरले परिवारमा पनि खुशी छाएको छ । उनको परिवारमा ८२ वर्षीया आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Published on: 6 March 2019 । Onlinekhabar

Back to list

;