s

खड्ग जोगीलाई स्वदेश फर्काउन मलेसियाबाट ४ लाख सहयोग

Year of Publication: 10 January 2019 | Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

युएईको जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले मलेसियामा संकलन गरेकोे रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो ।
 
सो अवसरमा वडाध्यक्ष मादेम्बाको अगुवाईमा संकलन भएको ६४ हजार १ सय रुपैयाँ समेत परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कुल ४ लाख ६४ हजार १ सय ६० रुपैयाँ 
 
खड्गबहादुर जोगीका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताए । २०७० सालमा युएई गएका जोगीसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेलमा छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी निर्दोष रहेको र जरिवाना तिर्नका लागि आवश्यक रकम उनको परिवारसँग नभएको भन्दै शुभचिन्तकहरूले सहयोग संकलन गरिरहेका छन् । 
 
Published On: 10 January 2019 | Naya Patrika

Back to list

;