s

झन सिण्डिकेट थपिँदै गयो : फोरम

Year of Publication: 29 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका महासचिव तारानाथ अर्यालले वैदेशिक रोजगार क्षेत्रमा गैर कानूनी रुपमा खडा गरिएका सिण्डिकेटको अन्त्य गर्न नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सक्रिय रहेको बेला व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निष्क्रिय रहेको आरोप लगाएका छन् ।
 
केहीदिन अघि फोरमको बधाई ग्रहण गर्दै नवनियुक्त मन्त्री बिष्टले सिन्डिकेट हटाउने कुरामा आफूजस्तो सुकै कठोर कदम चाल्न प्रतिवद्ध रहेको भन्दै सार्वजनिक प्रतिवद्धता व्यक्त गरिरहेको बेला त्यसलाई निचोडमा पु¥याउन काम गर्नुको सट्टा मन्त्रालयको सल्लाहकारको भूमिकामा रहेको संघको नेतृत्व सिन्कोसम्म पनि नभाची फेसबुक, भाइवर र ह्वाट्सएपमा टिप्पणी गरेर बसेको महासचिव अर्यालको आरोप छ । गत माघ २१ गते देखि यूएईले लागू गरेको असल चालचलन सम्बन्धी प्रहरी रिपोर्ट सम्बन्धी व्यवस्था अन्य देशबाट हटाइसकेको सन्दर्भमा नेपालमा एजेन्सी थप्दै गएको घटनाले त्यसविरुद्ध संघ नेतृत्वको ईच्छा शक्ति र चातुर्यतामा समेत प्रश्न उठेको भन्दै अर्यालले यस विषयमा फोरमले संस्थागतरुपमा आवाज उठाउँदा पनि संघले ध्यान नदिएको आरोप लगाएका छन् ।
 
सिण्डिकेटले बढाएको संकट समाधान गर्नतर्फ वैदेशिक रोजगारका क्षेत्रमा रहेका विभिन्न भेगीय संस्थाहरु सक्रिय भइ संघलाई निकासका लागि आवश्यक दबाब दिनुपर्ने र त्यसो हुनसके फोरमले साईडलाईनमा छलफल गरेर अघि बढ्ने अर्यालको भनाइ छ ।
 
Published on: 29 March 2018 | Madhyanha

Back to list

;