s

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

Year of Publication: 25 March 2019 । Kantipur

Publication Type: NEWS

Published by: CESLAM

हाेम कार्की

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली र जापानी श्रमिकबीच विभेद नगरेकोले जापान सम्झौता निकै महत्वपूर्ण दस्तावेज भएको बताए । 'जापानको श्रम कानुन श्रमिकका लागि निकै बलियो छ।

जापानी नागरिकले जे जस्तो सेवा, सुविधा र शर्त पाउने हो। ती सबै नेपालीले पाउने सुनिश्चित भएको छ,' मन्त्री विष्टले कान्तिपुरसँग भने, 'एउटा श्रमिकको लागि यो ज्यादै महत्वपूर्ण विषय हो। यस अर्थमा यो सम्झौता खास छ।' नेपालीको लागि जापान आकर्षक गन्तव्य भएकोले ठगी हुनबाट पूर्ण रुपमा जोगाउन सरकार सफल भएको उनले बताए। 'जापान जाने नाममा विभिन्न संस्थामा लाखौं रुपैयाँ तिरेर ठगिनु पर्ने स्थिति नहोस् भन्नेमा हामी सजग थियौं। सरकारी संयन्त्रबाट कामदार भर्ना गर्ने हुँदा अब कोही नेपाली ठगिनु पर्दैन,' उनले भने।

Published on: 25 March 2019 । Kantipur

Back to list

;