s

जापानी भाषा र सीप परीक्षा हुने

Year of Publication: 6 August 2019 | Naya Patrika

Published by: CESLAM

नेपाली कामदार जापान लैजाने सहमति भएपछि भाषा परीक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा काठमाडौंमा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण हुने कामदार छनोटको सूचीमा पर्नेछन् । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै तोकुतेई गिनोउ (विशेष सीप) भिसामा जापान जाने प्रक्रियाको आरम्भ हुनेछ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । जापानले यसरी विदेशी कामदारलाई भित्र्याउन र भैपरी आउने समस्यामा सहयोग पुर्‍याउन विभिन्न संस्थालाई आधिकारिक सम्बन्धन दिएको छ ।

यस्तो सम्बन्धन प्राप्त गर्नेमा नेपालीले सञ्चालन गरेको ‘एसएमएस कर्पोरेसन’ पनि परेको छ । जापानमा ५ वर्षअघि ३ जना नेपालीको लगानीमा स्थापना भएको एसएमएस कर्पोरेसनले हाकेन एजेन्सी सञ्चालन गर्दै आएकोमा हाल जापान सरकारबाट ‘जब इन्ट्रोडक्सन एजेन्सी’ र ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेसन’को पनि सम्बन्धन प्राप्त गरेको छ । अब यस संस्थाले जुन २८ देखि विभिन्न देशबाट तोकुतेई गिनोउ (विशेष सीप) भिसामा कामदार ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको छ । हाल यस कम्पनीमा जापानभित्र रहेका जापानी, नेपालीलगायत अन्य देशका ३ सयभन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन् ।

Published on: 6 August 2019 | Naya Patrika

Back to list

;