s
Year of Publication: 10 June 2024 | Nagarik
Published by: CESLAM
नेपालका लागि इजरायली राजदूत हनान गोडरको नेतृत्वमा एक टोली हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको परिवारलाई भेट्न कञ्चनपुर पुगेको छ।
आइतबार राजदूत गोडर र उनकाे टोलीले कञ्चनपुर पगेर विपिनको परिवारसँग भेट गरेका थिए। भेटमा राजदूत गोडरले विपिनकाे खोजी जारी राखेको जानकारी दिए।
उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए।
गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार गर्छौं। ’
विपिनको परिवारले राजदूत गोडरसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए। उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे।
Published on: 10 June 2024 | Nagarik
GET IN TOUCH