s
Year of Publication: 4 May 2021 | Onlinekhabar
Published by: CESLAM
२० वैशाख, काठमाडौं । ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७८’ जारी भएको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ ।
सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ । अनलाइनबाटै दरखास्त दिन सकिने छ । निर्देशिकाअनुसार दरखास्त स्वीकृत गरेर निवेदकको मोबाइलमा यसको सूचना दिइने छ ।
रोजगारीमा जाने व्यक्ति कम्तिमा १.५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ । कम्तिमा १० कक्षा पास गरी अनमी वा सीएमएको कम्तिमा १५ महिनाको अध्ययन पुरा गरेका वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेर सरकारबाट स्वीकृति प्राप्त संस्थामार्फत ३ महिनाको तालिम लिएकाहरुले पनि परीक्षामा भाग लिन पाउनेछन् ।
दरखास्त दिएकाहरुले तोकिएको दिनमा तोकिएको स्थानमा पुगेर आफ्नो उचाई र तौल नापजाँच गराउनुपर्नेछ ।
अंग्रेजी भाषाको परीक्षा भने रोष्टरमा रहेका विज्ञले लिनेछन् । विज्ञले दिएको अंकका आधारमा विभागका महानिर्देशक संयोजक रहेको छनोट समितिले मागसंख्या भन्दा २५ प्रतिशत बढी व्यक्तिको सूची प्रकाशन गर्नेछ र त्यसलाई इजरायलमा पठाउनेछ ।
नेपालबाट पठाएको नामावली मध्येबाट इजरायलको पीआईबीए नाम संस्थाले छनोट गरेर पठाएका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।
भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
इजरायलले पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८मा समझदारी गरेको थियो ।
Published on: 4 May 2021 | Onlinekhabar
GET IN TOUCH