s

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

Year of Publication: 17 August 2022 | Setopati

Published by: CESLAM

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए।

उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्।

यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्।

मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरे।

उनले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको कार्यविधि पारित गरेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरे।

त्यस्तै, उनले छनोट भएका श्रमिकहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन समेत आग्रह गरे।

Published on: 17 August 2022 | Setopati

Link

Back to list

;