उमाकान्त पाण्डे
घरबिदामा नेपाल गएर १५ दिन अघि मात्रै फर्केका एक नेपालीले युएईमा आत्महत्या गरेका छन् । झापाको दमक ४ का जित राइले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् ।
आबुधाबीमा रहेको सेक्युरी गार्ड मिडिल इस्ट कम्पनी मार्फत एडनीक कार्यालयमा राई ४ वर्षदेखि कार्यरत थिए । पासो लगाएर झुन्डिएको अवस्थामा सहकर्मीहरुले राईलाई भेटेका थिए ।
शनिबार साँझ क्याम्पमै साथीभाइसँग मिलेर रक्सी खाएपनि उनी कसैसित खुलेर बोलका थिएनन् । दुई दिनदेखि उनी बिदा लिएर कोठामै बसेका थिए । राईको शव प्रहरीले लगेको र अनुसन्धान चलिरहेको कम्पनीले जनाएको छ ।
राईको परिवारमा आमा, श्रीमती, ९ वर्षिया छोरी र ७ वर्षीय छोरा छन् । त्यस कम्पनीमा बितेका चार महिनामा तीन नेपाली र एक श्रीलंकन नागरिकको ज्यान गएको छ ।
Published on: 4 March 2018 | Ujyaaloonline
GET IN TOUCH