s

जर्जिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक पक्राउ

Year of Publication: 9 November 2019 | Setopati

Published by: CESLAM

जर्जिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मोरङ पथरी नगरपालिका-१ का ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका-६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ।

उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलब, खान बस्न समेत दिने प्रलोभन देखाएर ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहिन भएको जाहेरी परेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उर्लाबारीबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा राईले राजन राईबाट ३ लाख ५० हजार र इन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ।

Published on: 9 November 2019 | Setopati

Link

Back to list

;