s

इपीएसमार्फत दक्षिण काेरिया जान हवाई भाडा घट्यो

Year of Publication: 7 August 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रोजगार अनुमति प्रणाली(इपीएस)अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घटाइएको छ। यस अगि ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा लाग्दै आएकामा अब ४५ हजार २९२ रुपैयाँ मात्र तिरे पुग्नेछ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको प्रस्ताव स्वीकृत भएको हो। सो कम्पनीले विगतमा भन्दा कामदारले १२ हजार ९ सय रुपैयाँ कम पर्ने गरी प्रस्ताव पेश गरेको थियो। उसको प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको टिकट बुकिङमा कम मूल्य तिरे पुग्ने भएको छ। भाडा सस्तो पर्दा वार्षिक १० करोड रुपैयाँ बचत हुने ब्रैदेशिक राेजगार विभागले जनाएको छ।  इपीएसमार्फत हालसम्म ५४ हजार ३ सय ६३ जना कोरिया पुगेका छन्। सन् २०१८मा इपीएस परीक्षामा ८ हजार जना चयन भएका छन्।

Published on: 7 August 2018 | Nagarik

Back to list

;