s

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ गरी नेपाल ल्याइयो

Year of Publication: 26 April 2024 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन्।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही गर्ने/गराउन बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि वैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

Published on: 26 April 2024 | Annapurna Post

Link

Back to list

;