s

दूतावासमा हेल्प डेस्क राख्ने निर्णय

Year of Publication: 13 February 2023 | Gorkhapatra

Published by: CESLAM

काठमाडौँ, फागुन १ गते । सरकारले विदेशमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि श्रम मन्त्रालयले हेल्प डेस्क राख्ने निर्णय गरेको जनाएको छ ।

माघ पहिलो साता प्रधानमन्त्री प्रचण्डले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले भोग्नुपर्ने सास्तीको सम्बोधन गर्न हेल्प डेस्क राख्न निर्देशन दिनुभएको थियो ।

श्रम सचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको विशेष चासो र निर्देशनअनुसार विदेशमा रहेका दूतावासमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको समस्या सम्बोधन गर्न छुट्टै हेल्प डेस्क राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमिकको पेसागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सचिव अर्यालले सो निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Published on: 13 February 2023 | Gorkhapatra

Link

Back to list

;