s

दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको मृत्यु

Year of Publication: 1 October 2019 | Setopati

Published by: CESLAM

दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको ज्यान गएको छ।सोमबार बिहान दुबईको सेख मोहम्मद बिन जायद रोडमा १४ सिटे मिनिबसले लरीलाई ठक्कर दिँदा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको त्यहाँको संचारमाध्यम खलीज टाइम्स ले जनाएको छ।

उक्त घटना सोमबार बिहान ४:५४ बजे भएको हो।दुबई प्रहरीका अनुसार मृत्यु हुनेमा ६ जना नेपाली, एक जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन्।

‘बस ड्राइभर र ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ भने ४ जनाको अवस्था खतरामुक्त छ’, दुबई प्रहरी भन्छ ‘मृत्यु हुनेमा ६ जना नेपाली रहेका छन् भने एक जना भारतीय र एक जना पाकिस्तानी रहेका छन्।’घाइतेहरूलाई उपचारका लागि रसिद अस्पताल लगिएको छ।

Published: 1 October 2019 | Setopati

Back to list

;