s

दसैँ विदामा विदेशबाट आएका शवको निशुल्क ढुवानी सेवा नरोकिने

Year of Publication: 4 October 2019 | Setopati

Published by: CESLAM

दसैं विदामा विदेशबाट आएका शवको निशुल्क ढुवानी सेवा नरोकिने भएको छ।असोज १९ देखि २२ गतेसम्म वैदेशिक रोजगार वोर्डको सचिवालय बन्द रहेपनि निशुल्क शव ढुवानी नियमित हुने वोर्डले जनाएको छ।

यो समयमा सव ढुवानी गर्नु परे उपसचिव दिनबन्धु सुवेदी (९८४१५०७८९८), नायब सुब्बा दिलिप खड्का (९८५१०९६०६३), नायब सुब्बा आशिष भण्डारी (९८५५०३२२८८) र कम्प्युटर अपरेटर रोशन गौतम (९८४१६४९४६८) लाई सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

विदामा सेवा हुँदैन भन्ने मानसिकता नहोस् भनेर सूचना जारी गरेको उपसचिव दिनबन्धु सुवेदीले जानकारी दिए। यो सेवा ३६५ दिन नै सुचारु हुने उनले बताए।

‘सरकारी विदा भएकोले डकुमेन्टका काम पछि मिलाउँछौ। शव सकेसम्म छिटो हामी दाहसंस्कार गर्ने ठाउँमा पुर्याउछौ,’ उनले भने। वोर्डले गाडी पुग्न सक्ने ठाउँसम्म शव पुर्याइदिने उनले जानकारी दिए।

Published on: 4 October 2019 | Setopati

Link

Back to list

;