s

दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

Year of Publication: 27 November 2019 | Kantipur

Published by: CESLAM

गोकुल थोकर

दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु भएको हो । सामान्य ज्वरो आएर उनी आइतबार सउलको अस्पताल भर्ना भएका थिए ।

उनले शनिबार मात्रै फेसबुक लाइभ गरेर जन्मदिन मनाउँदै गरेको भिडियो राखेका छन् । 'राईको भाइरसको कारण ज्यान गएको भन्ने प्रारम्भिक रिपोर्ट देखाएको रहेछ । के कस्तो भाइरस हो त्यो एकिन गर्न केही समय लाग्ने अस्पतालले हामीलाई जानकारी दिएको छ' गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी निर्वतमान अध्यक्ष लक्ष्मी गुरुङले भनिन् ।

शनिबार नै आन्सानमा दोलखाका दावा लामाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी लामो समयदेखि कलोजोको रोगबाट पीडित थिए ।त्यस्तै गत बिहीबार रौतहटका सञ्जय विकको मृत्यु भएको थियो । उनी पनि हेपाटाइटिस रोगको उपचार गराइरहेका थिए ।

Published on: 27 November 2019 | Kantipur

Link

Back to list

;