s

व्यवस्थित बन्दै वैदेशिक रोजगारी : ‘इ–टोकन र म्यासेजिङ’ सेवा सुरु हुँदै

Year of Publication: 24 November 2019 | Naya Patrika

Published by: CESLAM

वैदेशिक रोजगार विभागले आगामी मंसिर १५ बाट इ–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ ।यो सेवा सुरु भएपछि वैदेशिक रोजगारमा जाने नेपाली कामदारले श्रम स्वीकृतिका लागि विभागमै धाउनु पर्ने बाध्यताको अन्त्य हुने छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूषालका अनुसार इ–टोकन प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम भरेपछि श्रम स्वीकृति र कार्यालय छनौटबारे जानकारी पाइने छ ।

इ–फारम भरेपछि सेवाग्राहीको मोबाइलमा एसएमएस आउने छ । फाराम बुझाइसकेपछि पनि कुनै कारणले श्रम स्वीकृति नभएमा थप कागजात पेश गर्ने वा प्रक्रिया अपनाउनेबारे म्यासेजमै जानकारी प्राप्त हुने महानिर्देशक भुषालले बताए । उनले भने, ‘श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमै मेसेजमार्फत जानकारी पाइन्छ । साथै फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ ।’

विभागले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही हुनुपर्नेबारे सचेत गराएको छ । फारममा तीनपटकसम्म आफ्नो मोबाइल नम्बर हानेपछि मात्र अनलाइन फाराम स्वीकृत हुन्छ ।

विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सहजताका लागि श्रम स्वीकृति, बीमा तथा कल्याणकारी कोषका लागि सरकारलाई बुझाउनु पर्ने रकमसमेत अनलाइनबाट भुक्तानी गर्न सकिने बनाउँदै छ ।

कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणाली लागु गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

Published on: 24 November 2019 | Naya Patrika

Link

Back to list

;