s

विश्वभर कोरोनाबाट ६५५ नेपालीको मृत्यु

Year of Publication: 21 September 2020 | Nagarik

Published by: CESLAM

शरद अधिकारी

कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको मृत्यु भएको छ। आइतबारसम्म कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको थियो। शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

कोभिड १९ संक्रमणदेशमा थप एकजना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ। त्यस्तै नेपालमा शनिबारदेखि आइतबारसम्म ७५ जनाको मृत्यु भएको छ।

शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताए। स्वास्थ्य समितिका अनुसार यो साता युके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ। समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन्।

त्यस्तै नेपालमा मात्र ६४ हजार १ सय २२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४६ हजार २ सय ३३ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो। हालसम्म नेपालमा ४ सय ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।

त्यस्तै विश्वभर १ लाख २ हजार एक सय ५६ जना नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ८० हजार ७ सय ४८ जना कोरोनामुक्त भएका छन्। नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७९ प्रतिशत रहेको छ।

Published on: 21 September 2020 | Nagarik

Link

Back to list

;