s

विदेशमा रहेका नेपालीले सुरु गरे 'अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान

Year of Publication: 15 May 2021 | Setopati

Published by: CESLAM

विदेशमा रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले 'अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान सुरु गरेको छ।

कोभिड-१९ को दोस्रो लहरका कारण नेपालका अस्पतालमा अक्सिजनको अभाव भएसँगै संघले सो अभियान सुरु गरेको हो। 

संकटको घडीमा नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानमार्फत् आर्थिक संकलन थालेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पुर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भए यता ओमानबाट मे १५ तारिखमा ५ सय ५० अक्सिजन सिलिण्डर नेपाल पठाउने संघले जानकारी दिएको छ। उक्त सिलिण्डरका लागि लाग्ने करिब ७५ लाख रुपैयाँ खाडि तथा मध्यपूर्वमा रहेका नेपालीहरुले जुटाउने भएका छन्।

ढुवानीको व्यवस्था भने नेपाल सरकारले नै गर्ने उल्लेख गरिएको छ। त्यस्तै चीनबाट १ करोड ३७ लाख बराबरको १ सय ७० अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने तयारी गरिएको छ। जसमध्ये चीनमा रहेका नेपालीहरुले ७० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने संघले जानकारी दिएको हो। 

अष्ट्रेलियामा रहेका नेपालीहरुले १ करोड रुपैयाँ तथा अमेरिकामा रहेका नेपालीहरुले ६० लाख रुपैयाँ बराबर सहयोग जुटाउने अभियान सुरु गरेका छन्।

अफ्रिकामा रहेका नेपालीहरुले १५ लाख बराबरको अक्सिजन सिलिण्डर नेपालका केही अस्पतालमा वितरण गरिसकेका छन्।

अन्य विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत सहयोग संकलन अभियान सुरु गरेको संघले बताएको छ।

Published on: 15 May 2021 | Setopati

Link

Back to list

;