s
Year of Publication: 20 October 2020 | Onlinekhabar
Published by: CESLAM
३ कात्तिक, काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या २८३ पुगेको छ । पछिल्लो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या २८३ पुगेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार इजरायलमा थप १ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा १९ देशमा रहेका २८३ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको छ ।
यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।
समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपालीमध्ये ९१ प्रतिशत जाति भएको एनआरएनएले जनाएको छ ।
GET IN TOUCH